चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोलामा पहिरो गएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
बिहान सवा ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । सडक अवरुद्ध हुँदा कयौं सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।
गएरातिको अविरल वर्षाका कारण खसेको पहिरो हटाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सडक विस्तार गर्ने काम भइरहेकाले नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो गएर बाटो अवरुद्ध हुने गरेको छ ।