प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र उपत्यकाभित्र सडकका खाल्टा-खुल्टीहरु पुर्न, ढल फुट्ने समस्या समाधान गर्न र धुलो नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
सडक, खानेपानी, विद्युत, सडक विस्तार लगायतका सरोकारवाला मन्त्रीहरु, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई आइतबार (आज) प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।
उनले हाल निर्माणाधीन आयोजनाहरु समयमै पूरा गर्न र भविष्यमा त्यस्ता आयोजनाहरुको काम एकीकृत रुपमा गर्न पनि निर्देशन दिए ।
प्रधानमन्त्रीले नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागलाई समन्वय गरेर काम गर्नसमेत निर्देशन दिनु भएको शहरी विकास मन्त्री प्रभु साहले जानकारी दिए ।
काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव तयार पार्नसमेत प्रधानमन्त्री देउवाले निर्देशन दिएको जनाइएको छ । इमेजखबरमा समाचार छ ।