धादिङको निलकण्ठ बजार क्षेत्रको सडक भासिँदा दर्जनौं घर जोखिममा

अविरल वर्षासँगै आएको बाढीले धादिङको निलकण्ठ नगरपालिका-३ स्थित माथिल्लो बजार क्षेत्रको सडक ठाउँठाउँमा भासिँदा दर्जनौं घर जोखिममा परेका छन् ।
आइतबार रातिदेखि परेका वर्षाले बजार क्षेत्रको सडक चिराचिरा पारेको छ । त्यहिँबाट पानीभित्र पसेपछि मुख्य बजारका धेरै घर जोखिममा परेको स्थानीयले बताएका छन् ।
बजार क्षेत्रका केही भागमा कमेरो माटो भएका कारण अझै बग्न सक्ने सम्भावना रहेको पनि स्थानीयले बताएका छन् ।
ठाउँठाउँमा पहिरो गएपछि धादिङ सदरमुकाम क्षेत्रको खानेपानी आपूर्तिसमेत बन्द भएको छ । इमेजखबरमा समाचार छ ।