रिडीमा कालीगन्डकी नदीमाथि निर्माण हुन लागेको तीनमुखे पुल लामो समयदेखि अलपत्र

पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रिडीमा कालीगन्डकी नदीमाथि निर्माण हुन लागेको तीनमुखे पुल लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ ।
धार्मिक पर्यटकीय महत्वको यो क्षेत्रमा पाल्पाको रुरुधाम, स्याङ्जाको कारीकोट र गुल्मीको रुरु गाँउपालिका जोड्ने गरी तीनमुखे झोलुंगेपुल निर्माण थालिएकोमा ठेकेदार कम्पनीले काम नै अघि नबढाएको हो ।
२०७१ सालको मंसिर १५ गते तत्कालीन मुख्यसचिव लिलामणि पौडेल र गुल्मीका सांसद चन्द्र भण्डारीले पुलको शिलान्यास गरेका थिए ।
९ करोड ८८ लाख रुपैयाँमा निर्माण ठेक्का दिइएको थियो । तर, अहिलेसम्म पाँच प्रतिशत पनि काम नभएको स्थानीयवासीले गुनासो गरेका छन् । इमेजखबरमा समाचार छ ।