भारतको चाहना पूरा गर्ने गरी संविधान संशोधन गर्न लागिको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुरको आरोप

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न आनाकानी गरेको आरोप लगाएका छन् ।
शनिबार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा उनले  सरकारको गैरजिम्मेवारीले एकै चरणमा स्थानीय तह निर्वाचन हुन सकेन- भने ।
उनले संविधान संशोधनमार्फत् सरकारले राष्ट्रियता साट्न लागेको आरोप पनि लगाए ।
सीमा, भाषा र नागरिकतामार्फत् भारतको चाहना पूरा गर्ने गरी संविधान संशोधन गर्न लागिएको आरोप उनको छ । इमेजखबरमा समाचार छ ।