मधेसभित्रैको आन्तरिक शोषणले मधेस आन्दोलन असफल भएको टिप्पणी

मधेसका बुद्धिजीवी तथा नागरिक समाजका अगुवाले मधेसभित्रैको आन्तरिक शोषणले मधेस आन्दोलन असफल भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय मुक्ति मोर्चा नेपाल र संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा मधेसका नागरिक अगुवाहरुले मधेसमा रहेको आन्तरिक शोषणले आन्दोलन सफल हुन नसकेको टिप्पणी गरेका हुन् ।
उनीहरुले मधेसी जनतामाथि राज्यलेमात्र नभइ स्वयं मधेसका ठूलाबडा भन्नेहरुले पनि शोषण गरिरहेको आरोप लगाए ।
कार्यक्रममा पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारीले मधेसी नेताहरुको अदूरदर्शिताका कारण अहिले मधेसी जनता निराश बनेको धारणा राखे । इमेजखबरमा समाचार छ ।