कालीकोटको सानीत्रिवेणीमा घर पुरिँदा तीनजना बालबालिका बेपत्ता

कालीकोटको सानीत्रिवेणी गाउँपालिका-६ मा आइतबार राति पहिरोले बुधे सार्कीको घर पुरिँदा तीनजना बालबालिका बेपत्ता भएका छन् ।
पहिरोमा परी अरु पाँचजना घाइते भएका छन् । पहिरोमा परी सार्कीका ८ वर्षीय छोरा लंक, १० वर्षीया छोरी ललिता र ५ वर्षीया छोरी कल्पना सार्की पुरिएका छन् ।
पहिरोसँगै खसेको ठूलो ढुंगा सार्कीको घरमा अड्किएको र ढुंगा हटाउँदा गाउँका अरु घरहरु जोखिममा पर्नसक्ने हुँदा उद्धारमा ढिलाइ भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी घाइते भएका पाँचजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । इमेजखबरमा समाचार छ ।