निर्वाचन क्षेत्र निर्धारण आयोगले मंगलबार मोरङमा सुझाव संकलन गरेको छ ।
आयोगका सदस्य गणेशराज कार्कीको नेतृत्वमा गएको टोलीले राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायीसँग सुझाव संकलन गरेको हो ।
राजनीतिक दलका नेताहरुले मोरङमा कम्तीमा सातओटा निर्वाचन क्षेत्र तय गरिनुपर्ने सुझाव दिएका छन् ।
अधिकांश नेताहरुले मुख्यतः जनसंख्या र भौगोलिक आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने सुझाव दिएका थिए ।
मोरङ जिल्लामा हाल ९ ओटा निर्वाचन क्षेत्र रहेको छ । इमेजखबरमा समाचार छ ।