स्याङ्जामा ५ जनामा स्वाइन रहेको पुष्टि

स्याङ्जा वालिङ नगरपालिका-१४ का ४९ वर्षिय खुमप्रकाश अर्यालको गत १२ गते स्वाइन फ्लूबाट मृत्यु भएपछि काठमाडौंबाट आएको चिकित्सकको टोली फ्लूको लक्षण देखिएका २० जनाको रतग परिक्षण गर्दा ५ जनामा स्वाइन रहेको मंगलबार पुष्टि गरेको छ ।
एक बिरामीको स्वाइन फ्लू कै कारण मृत्यू भएको खबर आएसँगै वालिङ नगरपालिकामा स्थलगत परीक्षण गर्न काठमाडांैबाट चिकित्सकको टोली गत शुक्रबार (१४ गते) वालिङ आएको थियो । महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेसहित दुईजनाको टोली शुक्रबार साँझ स्याङ्जा आएको थियो र शनिबार वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । गम्भिर रुपमा बिरामी परेका २० जनाको रगत र खकार संकलन गरी २४ घण्टा भित्र काठमाडौं पुर्‍याउने योजनाले टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । मंगलबार ५ जनालाई स्वाईनफ्लू देखापरेको महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट प्राथमिक स्वास्थ्य केन्द्रमा रिर्पोट आएको हो ।
 
वर्षा लागेपछि मौसम फेरिने क्रममा सामान्य बिरामी भएको भन्दै सामान्य औषधि सेवन गर्दै जाँदा उनीहरुलाई स्वाइन फ्लूबाट संक्रमित भएको स्वास्थ्यकर्मीको भनाइ छ । कान्तिपुरमा समाचार छ ।