काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन भएको छ। पशुपति शमशेर राणा केही नेता र सांसद सहित पार्टीबाट अलग्गिएका हुन्। राणाले नयाँ दल दर्ताको लागि निर्वचन आयोगमा निवेदन समेत दिएका छन्। नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राख्ने गरी उनले आयोगमा निवेदन दिएका छन्।
राप्रपा र राप्रपा नेपालबीच गत मंसिरमा पार्टी एकता भएको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा कमल थापा र राणाबीच मतभेद रहँदै गर्दा पार्टी विभाजन भएको हो। नागरिक मा समा चार छ ।