ताप्लेजुङको फक्तांलुङ गाउँपालिका पहिरोका कारण उच्च जोखिममा

ताप्लेजुङको फक्तांलुङ गाउँपालिकामा पहिरोका कारण सातघर उच्च जोखिममा परेका छन् भने एक परिवार विस्थापित नै भएको छ ।
पहिरोका कारण फक्तांलुङ गाउँपालिका वार्ड न-३ लिङ्खिमको थिवा बस्तीका डम्बरबहादुर लाबुङको परिवार विस्थापित भएको हो ।
बस्ती नजिकैको उत्तर-दक्षिण ओलाङ्चुङगोला लोकमार्गमा पहिरो बग्न थालेपछि सातओटा घर जोखिममा परेको स्थानीयले बताएका छन् । पहिरोले खानेपानीको मुहानसहित कुलो र पाईप बगाएपछि सो गाउँमा खानेपानीको अभाव भएको छ । इमेजखबरमा समाचार छ ।