स्वाइन फ्लुका कारण हालसम्म ३८१ बिरामी देखा, १० जनाको मृत्यु

व्यवस्थापिका-संसदको बुधबारको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइन फ्लु)का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
उनले एकजना चिकित्सकलाई सो रोग लागी निकोसमेत भएको जनाउँदै फ्लुले महामारीको रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए ।
मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सन्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरे । रासस