रौतहटमा गुजराखोलाको बाढीले बगाउँदा बुधबार एक बालकको मृत्यु भएको छ ।
खेतमा जमेको पानीमा रमाउँदै गरेका गुजरा गाउँपालिका-२ हरिहरपुर निवासी ८ वर्षीय बालक सुदीप मोक्तान चिप्लिएर खोलामा पुगेको र बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यससँगै रौतहटमा बाढी र डुबानका कारण मृत्यु हुनेको संख्या १९ पुगेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।