धनगढीबाट डोटी जाँदै गरेको यात्रुबाहक बस चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जोरायल गाउँपालीका वडा नम्बर ५ का ७० वर्षीय नरबहादुर देउवा र कैलालीको जोशीपुर गाउँपालीका वडा नम्बर ५ की ४८ वर्षीया दुर्गा देवी मल्ल रहेका छन् ।
‘कर्णाली रिभर’ यातायातको ना ४ ख ५६३५ नम्बरको बस सडकबाट १५० मिटर तल खस्दा दुईजनाको मृत्यु भएको र अन्य २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।
घाइते सबै यात्रुको अत्तरीयास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि भारतको हल्द्वानी पठाइएको छ । इमेजखबरमा समाचार छ ।