संखुवासभामा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिए

हिमाली पहाडी जिल्ला संखुवासभामा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिएका निर्वाचन कार्यालय खाँदबारीले जनाएको छ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा ८ हजार ५७८ जनाले नयाँ नामावली दर्ता गराएका छन् ।
थपिएका मतदातामा ३ हजार ९५० महिला र ४ हजार ६२८ पुरुष रहेका छन् ।
संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिकाका कार्यालयमार्फत् साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्नेलगायतका काम गरिएको थियो ।
हालै सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनामा संखुवासभामा ९६ हजार ६६६ मतदाता रहेका थिए ।
जिल्लाको कुल मतदाताको टुंगो भने केही दिनपछि यकिन हुने निर्वाचन अधिकृत ऋषिकुमार दाहालले बताए । इमेजखबरमा समाचार छ ।