अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइयो ( तस्बिर सहित)

पहिलो प्रकासित मिती: भदौ २९, २०७४ 

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची  । बालबालिकाको समग्र विकासका लागि जतिसक्दो चाँडो कानून ल्याउनु पर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । 
बालमैत्री शासन बालअधिकारको सम्मान भन्ने मुल नारा सहित ५३ औं राष्ट्रिय बाल दिवसको अबसरमा आयोजीत कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो भनाई ब्यक्त गरेका हुन । ५३ औं राष्ट्रिय बाल दिवस जिल्ला समारोह समिति अर्घाखाँचीको आयोजनामा आयोजनामा सदरमुकाम सन्धिखर्कमा सम्पन्न कार्यक्रममा  मनतब्य राख्दै बक्ताहरुले बाल विवाह लगायत बालबालिका माथि हुने सबै प्रकारका कुरीति तथा विभेद अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयनका साथै सचेतना आवश्यक भएको बताएका थिए ।   
यसरी मनतब्य राख्नेहरुमा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा ,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,सनपा १ का वडाअध्यक्ष युबराज बन्जाडे,महिला तथा बालबालीका कार्यालयकी प्रमुख दिपा घिमिरे, बालकल्याण समितिका निबर्तमान अध्यक्ष देबराज श्रेष्ठ लगायतका रहेका थिए । कार्यक्रम समितिका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षता कृष्णप्रसाद खनालको सन्चालन र बसन्ता पौडेलको स्वागत मनतब्यमा सम्पन्न भएको थियो । त्यस्तै समितिले बाल दिबसकै अबसरमा प्राबि स्तरीय लोकनृत्य प्रतियोगीताको  पनी आयोजना गरेको थियो । 
सदरमुकाम सन्धिखर्क आसपासका आठ वटा बिद्यालयको सहभागीता रहेको प्रतियोगीतामा गौरी शंकर ईङलिस बोर्डिङ स्कुल प्रथम,गंगा आधारभुत बिद्यालय द्धतिय र अर्घाखाँची आबासीय माबीले तृतिय स्थान प्राप्त गरेका थिए ।
सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक बर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणका घटना जारी रहेको, बालबालिका बेचविखन कार्य नरोकीएको तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन । देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका समेत रहेको तथ्यांक छ । जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या १ करोड पाँच लाख ४६ हजार रहेको छ ।
अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस
 त्यस्तै, नेपाल बाल संगठन जिल्ला कार्य समिति अर्घाखाँची र जिल्ला बाल काल्याण समितिले बाल दिवस मनाएको छ ।
यता अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडा नं. १२ मा रहेको सन्राइज इङलिश बोर्डिङ हाई स्कूल डिभर्नामा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।
विद्यालयले विद्यार्थीहररुको सिर्जनशीलताको विकास सँगै उनीहरुमा रहेको प्रतिभा पहिचान समेत गरीएको थियो । विद्यालयले बालबालिकाहरुको श्वास्थ्य परीक्षण देखि विभिन्न प्रतियोगीता तथा मनोरञ्जन सहितका कार्यक्रम गरी बिद्यालयले बाल दिवस मनाएको हो । दिवसको अबसरमा बाल अधिकार विषयक कविता प्रतियोगिता , वर्ड पावर , मादल , गायन , स्पोन रेस , ब्यालुन ब्लाष्ट , म्यूजिकल चियर , निबन्ध प्रतियोगिता , नाटक जस्ता प्रतियोगिताको आयोजना गरी बाल दिवस मनाइएको हो । कार्यक्रम विद्यालयका प्रिन्सिपल नारायण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतियोगितामा विभिन्न विधाहरुमा उत्कृष्ट स्थान प्राप्त गर्न सफल विद्याथीहरुलाई पुरस्कार वितरण गरीएको थियो । पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल पोडेलले बालबालिकाहरुलाई दिवसको शुभकामना दिनु भएको थियो । कार्यक्रम विद्यालयका साहायक प्रिन्सिपल दामोदर आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
राष्ट्रिय बाल दिवसको अबसरमा सन्धिखर्क नगरपालकिा १ मा रहेको पार्वती निम्न माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरी बाल दिवस मनाएको छ । विद्यालयले चम्चा दौड , कुर्सि दौड लगायतका कार्यक्रम गरी दिवस मनाएको हो ।
देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ ।
जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या १ करोड पाँच लाख ४६ हजार छ ।