माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बाराको बारागढी गाउँपालिकाको मतगणना दुई घण्टादेखि रोकिएको छ । अहिले त्यहाँ तनावको स्थिति छ ।
अन्य दलका प्रतिनिधिले मतगणना पुन: सुरु गर्नका लागि प्रयास गरिरहेका छन् ।
माओवादी केन्द्रका प्रतिनिधि बाहिर निस्किएको बेला मतपेटिकाबाट मतपत्र झरेको भनी उनीहरुले विवाद झिकेका हुन् । कान्तिपुरमा समाचार छ ।