प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी

सबैमेयर/अध्यक्षमा को अगाडि
दल विजयी अग्रता
नेपाली कांग्रेस २२
नेकपा एमाले १२
समाजवादी फोरम १०
माओवादी केन्द्र
राजपा
बिरगंज महानगरपालिका
उम्मेदवार मेयर उपमेयर
राजपा ८३ २७
नेपाली कांग्रेस ७६ ४३
संघीय समाजवादी फोरम ५७ २१
माओवादी केन्द्र १३ १४
नेकपा एमाले
जनकपुर उपमहानगरपालिका
उम्मेदवार मेयर उपमेयर
राजपा १४५ ८९
नेपाली कांग्रेस ७२ ६४
नेकपा एमाले
माओवादी केन्द्र
समाजवादी फोरम
जीतपुर सिमरा उपमहानगरपालिका
उम्मेदवार मेयर उपमेयर
नेकपा एमाले ८७५
नेपाली कांग्रेस ६०८
माओवादी केन्द्र ५५६
समाजवादी फोरम
राजपा
कलैया उपमहानगरपालिका
उम्मेदवार मेयर उपमेयर
नेकपा एमाले ३८
नेपाली कांग्रेस ३६
समाजवादी फोरम ३४
माओवादी केन्द्र १६
राजपा
लहान नगरपालिका
उम्मेदवार मेयर उपमेयर
नेकपा एमाले १०१४ ३१०
राप्रपा ८६९ २०६
संघीय समाजवादी ८३८ ३१९
नेपाली कांग्रेस ८०४ ४३२
माओवादी केन्द्र
सिरहामा नेकपा माओवादी केन्द्र तीन, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाल दुई/दुई तथा नेपाली कांग्रेस र नेकपा एमाले एक/एक वडामा समूहसहित विजयी भएका छन् ।
पछिल्लो मतपरिणामअनुसार कर्जन्हा नगरपालिका-१ र ३ को वडाध्यक्षमा माओवादी केन्द्रका क्रमशः मोहनबहादुर खत्री र कपलेश्वर यादव विजय भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिए ।
यस्तै, अर्नमा गाउँपालिका-१ को वडाअध्यक्षमा माओवादी केन्द्रका गफार मियाँले ७२४ मत ल्याइ विजयी भएका छन् ।
जिल्लाको कल्याणपुर नगरपालिका-१ र २ को वडाध्यक्षमा राजपाका क्रमशः विशेश्वर मुखिया र जयराम कामती विजयी भएका छन् ।
यस्तै, औरही गाउँपालिका-१ को वडाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका तुलसी ठाकुर र भगवानपुर गाउँपालिका १ को वडाध्यक्षमा सोही पार्टीका बद्रीनारायण यादव विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, धनगढीमाई नगरपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका सूर्य नारायण महतो र लहान नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शियाराम यादव विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस