बागलुङको बरेङ पेरिवाङमा जिप दुर्घटना हुँदा दुईजना, १२ जना घाइते

बागलुङको बरेङ गाउँपालिका वडा नम्बर-२ हुुग्दिशिरको पेरिवाङमा शनिबार एक पिकअप जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । अरु १२ जना घाइते भएका छन् ।
बागलुङ बजारदेखि बरेङ बजारतर्फ जाँदै गरेको ध१ज १३४ नम्बरको जिप दुर्घटना हुँदा त्यसमा सवार इलाका प्रहरी कार्यालय बरेङमा कार्यरत् प्रहरी हवल्दार खिमबहादुर बिष्ट र गुल्मी घर भइ बाटाकाचौर प्रहरीचौकीमा कार्यरत् प्रहरी जवान ढालबहादुर श्रीषको मृत्यु भएको हो ।
घाइतेमध्ये चारजनाको बागलुङमा उपचार भइरहेको छ भने अरु घाइतेलाई उपचारका लागि पाल्पा लगिएको छ । इमेजखबरमा समाचार छ ।