कार्यवाहक प्रमुख निर्वाचन आयुक्त इला शर्माले निर्वाचनको अन्तर्राष्ट्रिय मान्यताको कुनै कसीबाट परीक्षण गर्दा पनि स्थानीय तहको निर्वाचन उत्कृष्ट ठहरिने दाबी गरेकी छन् ।
विजयादशमी, दीपावली तथा छठ लगायतका महान् चाडपर्वको उपलक्ष्यमा निर्वाचन आयोगमा मंगलबार आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा उनले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सन्चालनमा आयोगको भूमिकाप्रति कसैले प्रश्न उठाउन नसक्ने धारणा व्यक्त गरिन् ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई समेत सफल तुल्याउने गरी जिम्मेवारी बहन गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त शर्माले सम्पूर्ण कर्मचारीलाई निर्देशन दिइन् । रासस