बडादसैंका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौं उपत्यकामा सवारी-साधनको आवागमन पातलो देखिएको छ ।
सडकमा फाट्टफुट्ट सवारी-साधन देखिन्छ भने पैदलयात्रीको चहल-पहल पनि खासै छैन । सार्वजनिक सवारी कम चल्दा यात्रीलाई गन्तव्यमा पुग्न कठिनाइ देखिन्थ्यो ।
प्रहरीकाअनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौंबाहिर जानेको संख्या १९ लाख पुगेको थियो भने योक्रम टीकाको दिनसम्म रहनेछ ।
काठमाडौंको मुटु मानिने असन, इन्द्रचोक र भोटाहिटी क्षेत्रमा भने किनमेल गर्नेको घुइँचो घटेको छैन ।
खसीबोका, कुखुरा, हाँस आदि खरिदका लागि बिहीबार बिहान प्रदर्शनीमार्ग र विभिन्न चोक तथा मासु पसलमा भीड देखिन्थ्यो । सहरका मुख्य बजारका पसल पनि बन्द प्रायः छन् । इमेजखबरमा समाचार छ ।