चार दिनदेखि आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले माथेमा प्रतिवेदन अनुसारको चिकित्सा शिक्षा ऐन पास गराएरै छाड्ने अठोट ब्यक्त गरेका छन् ।
५ सूत्रीय माग राखेर १३ औँ पटक अनशनमा बसेका डा. केसीले माथेमा प्रतिवेदन अनुसार ऐन नबने जनताले राजनीतिक दल र दलका नेताहरुलाई कारबाही गर्ने दाबी गरे ।
संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले माथेमा प्रतिवेदनले दिएको सुझावलाई तोडमोड गरेको र त्यसै अनुरुप ऐन ल्याउन लागिएको भन्दै डा. केसी आक्रोसित पनि भएका छन् ।
तोडमोड गरिएको चिकित्सा शिक्षा ऐन पास गराउने षड्यन्त्रमा सरकार लागेको भन्दै डा. केसी दशैं अघि नै १२ औँ अनशन बसेका थिए । इमेजखबरमा समाचार छ ।