
पाल्पा, असोज २२ । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन-बुटवल सडकखन्डको सिद्धबाबा क्षेत्रको सडक फेरि बन्द हुने भएको छ ।
सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मर्मत हुने भएपछि तानसेन-बुटवल सडकखन्डको सिद्धबाबा क्षेत्रका सडक बन्द हुने भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।
डिभिजन सडक कार्यालय पाल्पाले सडक मर्मत छिटो गर्ने गरी काम अघि बढाएको जनाएको छ । तानसेन-बुटवल सडकखन्डको तिनाउ गाउँपालिका-२ दोभान र सिद्धबाबाको बीचमा सडकमाथिदेखि ढुंगासहितको पहिरो खस्दा तीन जनाले ज्यान गुमाइसकेका छन् ।
सिद्धबाबा क्षेत्रमा असोज ९ गतेदेखि पहिरो झर्न थालेपछि सडक अवरुद्ध हुँदै आएको थियो । बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ जाने यात्रुका साथै र बुटवलतर्फ जाने सवारीसाधन रोकिएपछि यात्रु मारमा परेका छन् । रासस