राष्ट्रिय जनमोर्चा बागलुङद्दारा प्रतिनिधी सभा र प्रदेशसभाका लागि पार्टीका तर्फबाट उम्मेदवारी सिफारिस

राष्ट्रिय जनमोर्चा बागलुङले आगामि मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेशसभाका लागि पार्टीका तर्फबाट उमेदवारीका लागि नाम सिफारिस गरी पाठाएको छ ।
प्रतिनिधि सभा सदस्यका लागी क्षेत्र नम्बर १ वाट अमर थापा, कृष्ण अधिकारी र लिलादेवी शर्मा र २ वाट घनश्याम न्यौपाने, धर्मबहादुर कुवर र रुनमाया थापागरी ६ जनाको नाम सिफरिस गरेको छ ।
क्षेत्र नं १ क र ख बाट प्रदेश सभाका लागि तेजबहादुर थापा तिलक, लक्ष्मी पुन थापा र कृष्ण थापा, गुणनिधी शर्मा र धनादेबी शर्माको नाम सिफासिर गरिएको छ भने क्षेत्र नं २ को क र ख बाट भिमसेन वन टंक बहादुर केसी र मनु सिन्जाली तथा टेक बहादुर घर्ती मगर, खिम विक्रम शाही र केश कुमारी बुढाको नाम सिफारिस गरिएको छ ।
समानुपातिक तर्फ नरबहादुर पुन, नारायण सापकोटा, वेदीलाल सापकोटा, मेखबहादुर पाइजा, भिमलाल पोख्रेल, हिरावहादुर थापा, धनबहादुर अदै, डिलबहादुर श्रीस, तिर्थसिंह थापा, पनबहादुर बिक, घनश्याम बिक, रनबहादुर बिक, लालबहादुर राना, बिष्णु बस्नेत, ठाकुर शर्मा, हिराबहादुर पुन, डोरबहादुर क्षत्री, खड्क बिक, पनिकला बुढा, कोपिला थापा, गिता थापा र होमबहादुर पुनको नाम सिफारिस गरिएको राष्ट्रिय जनमोर्चा बागलुङले जनाएको छ ।
श्रोतका अनुसार राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेस वीच चुनावी तालमेलका चर्चापनि बाहिर आएको छ । काँग्रेसले बागलुङ जिल्लामा एक सिट जनमोर्चालाई दिने प्रधानमन्त्री शेरबहादुर देउवा र राजमो अध्यक्ष चित्रबहादुर केसी वीच सहमती बनेको बुझिएको छ । ईबाग्लुङमा समाचार छ ।