अर्घाखाँचीमा कमल सौराग एकल साँझ हुने

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ७ कात्तिक । अर्घाखाँचीका लोक संस्कृतिको जगेर्ना ,पर्यटन प्रबद्र्धन एवं पिछडिएका बर्गहरुको सहयोगार्थ भन्ने मुख्य उद्धेश्यका साथ प्रस्तुत गर्न लागीएको कमल सौराग एकल साँझ २०७४ को बारेमा जानकारी दिने उद्धेश्यले मंगलबार सन्धिखर्कमा पत्रकार भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरीएको छ । 
लाली गुराँस महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड सनपा ८ किमडाँडा र आकार नृत्य तथा म्युजिक सेन्टर सन्धिखर्कको आयोजनामा सम्पन्न हुने कार्यक्रमा जिल्लाकै बहुचर्चित कलाकार कमल सौरागको बिशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यसका साथै कार्यक्रममा बहुचर्चित कलाकार बिमाकुमारी दुरा,राजु परीयार,जलजला परीयार,मधुसुधन बञ्जाडे, जीबन परीयार,लगायत अन्य जिल्लाका कलाकारहरुको प्रस्तुति समेत रहने छ । 
त्यस्तै कार्यक्रममा लोपोन्मुख तथा गौरबका लाखेनाँच,सोरोटी नाँच,स्थानीय भजन र झाँकीहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । 
पत्रकार भेटघाट कार्यक्रममा लाली गुराँस महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड सनपा ८ किमडाँडाकी अध्यक्ष जानका बन्जाडे, सदस्य कृष्णा भुसाल, पार्बता पाण्डे सल्लाहकारहरु कृष्ण मरासीनि, नेत्र पराजुली, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली , आकार कलाकेन्द्रका मदन नेपाली लगायतको उपस्थीति रहेको थियो । एकल साँझ कार्यक्रम यहि कार्तिक १३ गते सोमबार दिनको ठिक १ बजे देखी राती ८ बजे सम्म जिबिस सभागृहमा सन्चालन हुने बताईएको छ ।