गुल्मीमा माइक्रोबस दुर्घटना, ९ जनाको मृत्यु, ८ जना गम्भीर घाइते

गुल्मी । बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको बा४ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी दरबार गाउँपालिका-४ बीरबास नजिकै  दुर्घटना भएको छ ।
दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
६ यात्रुको घटनास्थलमा र ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा ३ जना महिला र ६ जना पुरूष रहेका छन् । घाइते हुनेहरूमा ५ जना पुरूष, दुर्इ जना बालवालिका र एक जना महिला रहेको ट्राफिक प्रहरीले जनाएको छ । 
मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन् । अाफन्तहरू सम्पर्कमा नअाउन अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
घाइतेहरुलाई उपचारको लागि पाल्पा पठाइएको छ । बुटवलबाट १३ जना यात्रु लिएर गुडेको माइक्रोले बाटोमा थप यात्रु चढाएको थियो ।