निर्वाचन आयोगद्वारा सर्वोच्चमा लिखित जवाफ पेस, छुट्टा-छुट्टै मतपत्र छपाइ सुरु भएको जानकारी

निर्वाचन आयोगले मतपत्र छपाइ सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको सोमबार लिखित जवाफ दिएको छ ।
आयोगले सोमबार छुट्टा-छुट्टै मतपत्र छपाइसम्बन्धी अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै छुट्टा-छुट्टै मतपत्र छपाइ सुरु भएको जानकारी दिएको हो ।
सर्वोच्च अदालतमा बुझाइएको जवाफमा आयोगले अदालतको आदेशानुसार बझाङ, बाजुरा, बैतडी र जाजरकोटलगायत ५ जिल्लामा छुट्टा-छुट्टै मतपत्र छाप्न सुरु गरेको जनाएको सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद पन्थीले जानकारी दिए ।
उक्त मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विपक्षी बनाइएकाले प्रधानमन्त्रीको लिखित जवाफ आएपछि आगामी कात्तिक १५ गते मुद्दाको पेसी राखिएको र उक्त दिन अन्तिम सुनुवाइ हुने अदालतले जनाएको छ । इमेजखबरमा समाचार छ ।