अर्घाखाँचीका गायक तथा मोडल बिकाश दर्पन जिसीको घाँस भरेको डोको एल्बम बजारमा (भिडियो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १० साविक घनचौर -१ डेभा दारिमपाताका जन्मिएका गायक तथा मोडल बिकाश दर्पन जिसीको नयाँ गित बजारमा आएको छ।
स्वर जिसी र देवी घरती मगर   रहेको घाँस भरेको डोको एल्बममा यूट्यूब मार्फत सार्वजनिक भएको हो । घाँस भरेको डोको एल्बममा अभिनय बिकाश दर्पन जिसीको रहेको छ ।  
जिसीका यस अगाडि झन्डै २५ वटा नेपाली लोक तथा आधुनिक गीत बजारमा आएका छन् । घाँस भरेको डोको एल्बमलाई स्रोताहरुले मन पराईदिने छन् भन्ने उनले आशा राखेका छन् ।