कांग्रेसले दुई तिहाइ बहुमत ल्याएमात्रै संविधान संशोधन हुने प्रधानमन्त्री देउवाको उल्लेख

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएमात्रै मधेसी जनता अधिकारसम्पन्न हुनसक्ने जिकिर गरेका छन् ।
बुधबार जनकपुरमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मधेसी जनतालाई अधिकारसम्पन्न हुन संविधान संशोधन आवश्यक रहेको र त्यो कांग्रेसले दुई तिहाइ बहुमत पाएमात्रै सम्भव हुने उल्लेख गरे ।
यसैगरी, बुधबारै प्रधानमन्त्री देउवाले धनुषामा सुरक्षा समितिको गोष्ठीकोसमेत उद्घाटन गरे ।
गोष्ठीलाई सम्बोधन गर्दै उनले मताधिकार आमनेपालीको अधिकार भएकाले सहज र सुरक्षित वातावरणमा मत खसाउने वातावरण बनाउन निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले बुधबारै जनकपुरको बाह्रविघा मैदानमा आयोजित कोटी पार्थिव शिवलिंग पुजन महायज्ञको उद्घाटन पनि गरे ।  इमेजखबरमा समाचार छ ।