सन्धिखर्कमा पूर्ण सरसफाई सम्वन्धी दुई दिने तालिम शुरु

श्याम घिमिरे 
सन्धिखर्क,  अर्घाखाँची कार्तिक २५ । अर्घाखाँची जिल्लाको प्रतिष्ठा र समृद्धि, पूर्ण सरफाई युक्त  हाम्रो जीवन पद्दति भन्ने नाराका साथ  पूर्ण सरसफाई व्यवहार प्रवद्र्धन सम्वन्धी  दुई दिने तालिम शनिबार देखि सन्धिखर्कमा सुरु भएको छ । 
तालिम जिल्ला शिक्षा कार्यालय अन्तरगतका श्रोत व्यक्तिहरू,पत्रकार ,सरसफाई  सहजकर्ता, समाजिक सहजकर्ता र शिक्षकहरुका लागि प्रदान गरिएको छ ।  ग्लोवल सेनिटेसन फण्ड, युन एन ह्याविटेटको सहयोग, प्रकाश सचेतन समुह प्रागको सहजीकरण र जिल्ला सरसफाइ तथा स्वच्छता  समन्वय समितिको आयोजनामा तालिम सुरु भएको   हो ।  
जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि पुलामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी  हरि नारायण बेल्वासे, सहायक प्रमुख जिल्ला अधिकारी  नारायण खत्री, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बलराम मिश्र, पत्रकार महासंघका अध्यक्ष  हिम बहादुर जिसी लेकाली लगायतले मन्तव्य  राखेका थिए । 
कार्यक्रममा बोल्ने वक्ताहरुले  जिल्लालाई पूर्ण सरसफाई युक्त बनाउन सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको औंल्याएका थिए । उनीहरुले जिल्लाले सरसफाईको क्षेत्रमा छोटो समयमै अपेक्षित  प्रगति हासिल गरेको भन्दै पूर्ण सरसफाई युक्त जिल्ला बनाउन  समय नलाग्ने बताएका थिए । तालिमको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत हरिशचन्द्र भुसाल,  नेपाल स्वास्थ्यका लागि पानीका स्वास्थ्य तथा  स्वच्छता  अधिकृत  गणेश  तिमिल्सिना, युन एन ह्याविटेडकी जिल्ला संयोजक विष्णु दवाडीले सहजीकरण गरेका थिए । 
कार्यक्रम प्रागका अध्यक्ष वावुराम शर्माको अध्यक्षता प्रागका सरसफाई परियोजना अधिकृत  भविश्वर पौडेलको स्वागत र प्रागका कार्यकारी निर्देशक प्रेम नारायण गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । तालिम २६ गते सम्म सन्चालन हुनेछ ।

अन्य समाचारहरु