शितगंगा नगरपालिकाको ठाडा दहमा बाम गठबन्धनको संयुक्त चुनावी सभा सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा दह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ठाडा दहमा बाम गठबन्धन अर्घाखाँचीको संयुक्त चुनावी  सभा सम्पन्न भएको छ । 
सभामा माओवादी नेता तथा अर्घाखाँची प्रतिनिधि सभा सदस्यका उमेदवार टोपबहादुर रायमाझी, एमाले केन्द्रिय सदस्य नजीर मीया, माओवादी जिल्ला इन्चार्ज चन्द बहादुर खडका, प्रदेश सदस्य न.१ का उमेदवार चेतनारायण आचार्य, २ न.का उमेदवार रामजी घिमिरे, एमाले केन्द्रिय सदस्य बोम बहादुर बीक, पुर्ब सभासद दुमन सिंह थापा, नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सचिव सन्तोष कुमार पान्डे लगायतका बक्ताहरुले बोलेका थिए । 
उनिहरुले अहिले देशमा बाम गठबन्धनको दुई तिहाई बहुमत आउने ठोकुवा गर्दै अर्घाखाँचीमा प्रतिनिधि सभाको १ सीट र प्रदेश सभाका दुबै सीट अत्याधिक बहुमतले जीताउन सबै कार्यकर्तालाई जनतासँग सहकार्य गर्न आव्हान गरेका थिए ।
सभाको अध्यक्षता बसन्त श्रेष्ठ र स्वागत मन्त्यव मणि अधिकारी र सन्चालन बिष्णु प्रसाद गैरले गरेका थिए । 

अन्य समाचारहरु