प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टी, प्रचण्ड आफैँले दिए प्रकाशलाई दागबत्ती

छोरा प्रकाशको शरीरमा प्रचण्डले दिए दागवत्ती
आइतबार बिहान निधन भएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । उनलाई पिता दाहालले दागबत्ति  दिएका छन्।
स्व. दाहालको आइतबार बिहान नर्भिक अस्पताल पुर्‍याउनु अघि नै निधन भइसकेको अस्पताल प्रशासनले दाबी गरेको छ । उनको आकस्मिक हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।
चुनावी कार्यक्रम अन्तर्गत झापामा रहेका पिता काठमाडौं फर्किएर नर्भिक अस्पताल पुगेपछि मात्रै उनको निधनको खबर औपचारिक रुपमा माओवादी केन्द्र र अस्पतालले गरेको थियो । त्यसपछि उनको पार्थिव शरिरलाई दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो ।
पार्टी कार्यालयमा अध्यक्ष तथा पिता पुष्पकमल दाहालले भावुक हुँदै उनको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले उनलाई श्रद्धान्जली अर्पण गरेका थिए । कान्तिपुरमा समाचार छ । 

दिवंगत प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ  । उनको शरिरलाई साढे १ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिने प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । 
उनका अनुसार आजै अपरान्ह चार बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । 
प्रकाशको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । अस्पिटलका अनुसार प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए । कान्तिपुरमा समाचार छ ।