रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारहरुमाथि भईरहेको आक्रमणलाई कुनै पनि हालतमा सरकारले छुट नदिने बताएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले यस सम्बन्धमा ठोस निर्णय गर्ने दाबी गरे ।
त्यस्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीले उम्मेदवारहरुमाथि आक्रमण हुने बाटो र कार्यकमस्थलमा हवाई तथा स्थलगत सुरक्षा बढाउने बताए । केन्द्रीय सुरक्षा समिति अनुसार सुरक्षा योजना कार्यान्वयन हुने र आवश्यकता अनुसार सेनाले आफ्नै सुरक्षा योजना बनाउने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा सेनामा महिला सहभागिता बढाउन स्टाफ कलेजमा तालिमको अवसर खुल्ला गरिएको र शान्ति सेनामा नेपाली सेनाको सहभागिता दोब्बर गर्ने जानकारी पनि दिइयो । इमेजखबरमा समाचार छ ।