प्रधानमन्त्री देउवाले पुत्रशोकमा रहेका प्रचण्डलाई घरमै पुगेर भेटी समवेदना व्यक्त गरे

प्रधानमन्त्री शेरबहादुर देउवाले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घरमै पुगेर भेटी समवेदना व्यक्त गरेका छन् ।
एक हप्ता लामो चुनावी भ्रमण सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री देउवाले सिधै प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरे ।
दाहाल दम्पत्तिलाई भेटेर प्रधानमन्त्री देउवाले समवेदना व्यक्त गरे ।
त्यस्तै एमाले अध्यक्ष केपी ओली, एमाले नेता माधवकुमार नेपालले पनि प्रचण्डलाई भेटी समवेदना व्यक्त गरे । समवेदना व्यक्त गर्न ओली पत्नीका साथ प्रचण्ड निवास पुगेका थिए ।
हृदयाघातका कारण प्रकाश दाहालको आइतबार निधन भएको थियो । यसैबीच, अध्यक्ष दाहाल भोली(मंगलबार)देखि नै चुनावी कार्यक्रममा सहभागि हुने भएका छन् ।
उनी मंगलबार बाम गठबन्धनका तर्फबाट चितवनमा हुने सभामा सहभागि हुने उनका भाई नारायणप्रसाद दाहालले जानकारी दिए ।
७ गते काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम गरेपछि अध्यक्ष दाहाल नियमित चुनावी कार्यक्रममा सहभागी हुने पारिवारीक स्रोतले बताएको छ । इमेजखबरमा समाचार छ ।