नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का पुत्र प्रकाशको सम्झनामा भोलि (मंसिर ५ गते) सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने भएको छ।
सोमबार बिहान बसेको माओवादी केन्द्रको विस्तारित केन्द्रीय समिति बैठकले चुनावी अभियानकै क्रममा १६५ निर्वाचन क्षेत्रमै शोक सभा गर्ने निर्णय गरेको हो।
माओवादी अध्यक्ष दाहालका पुत्र प्रकाशको आइतबार बिहान निधन भएको थियो। चिकित्सकहरूले आकस्मिक हृदयघातले उनको निधन भएको बताएका हुन्। सेतोपाटीमा समाचार छ ।