प्रतिनिधि र प्रदेशसभा सदस्यको लागि आज भएको निर्वाचनमा मुस्ताङका बिभिन्न मतदान केन्द्रमा ४ बजेसम्म ७० प्रतिशत मत खसेको छ ।
उच्च हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रमा स्ट्याम्प प्याडमा मसी जमेको कारण केहीबेर मतदानमा ढिलाइ भएको थियो । लोमन्थाङ गाउपालिका-१ मा रहेको मतदान केन्द्र निफुक नामडोल नोर्वुलिङ गुम्बा मतदान केन्द्रमा चिसोका कारण स्ट्याम्प प्याड जमेपछि तताएर मतदान कार्य सुचारु भएको थियो ।
उपल्लो मुस्ताङमा अत्यधिक चिसो भएपनि मतदाताहरु बिहानैबाट भोट दिन लाइनमा बसेका थिए । जाडो छल्न पोखरा, काठमाडौलगायतका स्थानमा गएका मतदाताहरु जहाजबाट सदरमुकाम जोमसोम आएका थिए ।
कतिपय मतदाता घण्टौं हिंडेर मतदान केन्द्र पुगिरहेका छन् । मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् । कान्तिपुरमा समाचार छ ।