बसन्त लम्साल र असिम मल्लको पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा (भिडियो सहित)
मंसिर १६ गते, २०७४ मा प्रकाशित
काठमाडौं (अर्घाखाँचीडट्कम) । कलाकार बसन्त लम्साल र असिम मल्लको संयुक्त पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा आएको छ ।
पछिल्लो समय बजारमा पन्चेबाजाका गीतहरु पनि आउने क्रम जारी रहदा अर्घादरवार फिल्मस् प्रालिको प्रस्तुतिमा बसन्त लम्साल र असिम मल्लको संयुक्त पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा आएको हो । ।
नचाहिने डोली म्युजिक भिडियोमा वसन्त लम्साल, असीम मल्ल र देवी घर्तीले स्वर रहेको छ । यस्तै लय बसन्त लम्साल, शब्द बबिन नेपालको रहेको छ ।
साथै नचाहिने डोलीको निर्देशन तथा सम्पादन बिष्णु भट्टराईले गरेका छन् । अविरल फिलिम्स प्रालीको दृश्य निर्माणमा रहेको उक्त गीतमा रेशम, सम्झना, कुलचन्द्र, कुशुम र अर्जुनको अभिनय रहेको छ ।