संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
मंसिर २६ गते, २०७४ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नम्बर १, २ मा चुनाव जितेपछि संयुक्त वाम गठबन्धनले आज मंगलवार सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने भएको छ ।
संयुक्त वाम गठबन्धनका नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओबादी केन्द्रले आफ्ना प्रतिनिधि सभा उम्मेद्वार टोप बहादुर रायमाझी र प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्वार चेतनारायण आचार्य र क्षेत्र नम्बर २ का उम्मेद्वार रामजी प्रसाद घिमिरे विजयी भएपछि हर्सोउल्लस सन्धिखर्कमा विशाल विजय जुलुश निकाल्ने भएका हुन् ।
विजयी जुलुश दिउसो १२ बजे देखि सन्धिखर्कको टुडिखेलबाट शुरु गरी सन्धिखर्क बजार, चुत्राबेशी लगायतका बिभिन्न भागमा परिक्रमा गरिने भएको छ । यस्तै विजयी सभा शान्ती बगैचामा हुनेछ । सन्धिखर्कमा हुने विजय जुलुश सहित सभाको तयारी गरिरहेको राजनीतिक दलले बताएका छन् ।
अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा माओवादी केन्द्र)बाट प्रतिनिधि सभा सदस्यमा टोप बहादुर रायमाझी र (नेकपा एमाले)बाट क्रमश प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य र क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी भएका छन् ।
टोप बहादुर रायमाझी
टोप बहादुर रायमाझीले कांग्रेसका उम्मेदवार डा. राम बहादुर बि.सीलाई १८,२९३ मन्तारले जितेका हुन् । गणना अनुसार वाम गठबन्धनका उम्मेदवार रायमाझीले ५०८३७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बि.सीले ३२,५४४ मत पाएका छन् ।
चेतनारायण आचार्य
यस्तै क्षेत्र नम्बर १ मा चेतनारायण आचार्यले नेपाली कांग्रेसका उम्मेदवार बिष्णु प्रसाद खनाललाई १०,६१४ मन्तारले जितेका हुन् । आचार्यले २४,७५१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खनालले १४,१३७ मत पाएका छन् ।
रामजी प्रसाद घिमिरे
साथै क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरेले नेपाली कांग्रेसका उम्मेदवार हिम्मत बहादुर टण्डनलाई ८,९२६ मन्तारले जितेका हुन् । घिमिरेले २६,१५९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टण्डनले १७,२३३ मत पाएका छन् ।
अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर २१ र २३, २०७४
कुल मतदाता संख्या: १,३८,३२८ (७१,३५० महिला, ६६,९७८ पुरुष) | क्षेत्र नं. १: ६५२०६, क्षेत्र नं. २: ७३१२२