प्रदेश–१ को राजधानी धनकुटामा बनाउनुपर्ने माग गर्दै धर्ना

प्रदेश नम्बर-१ को राजधानी धनकुटामा नै बनाउनुपर्ने माग गर्दै जनप्रतिनिधिहरुले मंगलबार काठमाडौंको माइतीघरमन्डलामा धर्ना दिएका छन् ।
धनकुटाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलगायत प्रदेश सांसदहरुसमेतले धनकुटामा राजधानी बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
धर्नामा उद्योगमन्त्री सुनीलबहादुर थापा पनि सहभागी थिए ।
थापाले पर्याप्त भौतिक पूर्वाधार भएको र प्रदेशका सबै जिल्लासँग सडक सञ्जाल जोडिएकाले धनकुटामा नै प्रदेश–१ को राजधानी तोक्नुपर्नेमा जोड दिए । इमेजखबरमा समाचार छ ।