विरगञ्ज ग्यास उद्योगमा आगलागी, आगो निभाउन गएको दमकल नै जल्यो,

वीरगञ्ज/ बिरगंज महानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार बिहान ७ बजेतिरको समयमा उद्योगमा आगलागी भएको हो।

आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको संख्या बढ्न सक्ने प्रहरीले जानकारी दियो।

आगो निभाउनका लागि गएको वीरगञ्ज महानगरपालिकाको दमकलसमेत जलेको जनाइएको छ। ग्यास उद्योगभित्र कति मानिस थिए भन्ने पनि खुल्न सकेको छैन।

-आगलागी झन-झन फैलँदै गएको छ ।

-नियन्त्रण गर्न निकै कठिनाइ भएको छ ।

-उद्योगमा रहेका ग्यास सिलिण्डर पड्किरहेका छन् ।

-अग्नी नियन्त्रणसमेत आगलागी भएको स्थानभन्दा २-३ सय मिटरको दुरीमा छन् ।

-उद्योग वरपर (३ किलोमिटर) सम्म बस्ती खाली गराउने काम भइरहेको छ ।

ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन्। नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थलमा छ । आगलागीको कारण खुलेको छैन।