अर्घाखाँची भगवतीकी सञ्चारकर्मी पाण्डे सांगितीक क्षेत्रमा प्रवेश

बुटवल । संचारर्मी रन्जु पाण्डे सांगितीक क्षेत्रमा प्रवेश गरेकी छन । केहि समय यता संचारक्षेत्रमा कार्यरत रन्जुले आफनो पहिलो लोक  दोहोरी गित पुर्णिमाको जुन बजारमा लिएर औपचारिक रुपमा नेपाली गितसंगितको क्षेत्रमा पाईला चालेकी हुन ।
अर्घाखाँचीको भगवतीमा बाबा नेत्र पाण्डे र आमा सुमित्रा पाण्डेको कोखबाट तिन दाजुहरुकी बहिनी उनी कान्छो सन्तानको रुपमा जन्मिएकी हुन । पाण्डे सानैदेखि गितसंगित पछि हुरुक्के हुन्थिन । धेरैजसो श्रृजना कोर्दै बन्द कपिमा थन्क्याउदै गरेकी उनले यसपटक आफनो श्रृजनालाई सवैसामु प्रस्तुत गर्ने भन्दै बजारमा लिएकी छन । सप्तक डिजीलले बजारमा लिएर आएको उनको गितमा उनै रन्जु पाण्डेको शब्द रहेको छ भने शारदा मरासिनी सरुको संगित अनि लोकप्रिय गायीका संझना भण्डारी र प्रेम केसीको स्वर रहेको छ ।
लेखी छाडौं कहानी पुरो
होईन मुना मदन झै अधुरो
पुर्णिमाको जुन टलटल टल्की रहने पुर्णिमाको जुन
यस्तो लाग्छ मेरो मायां अकबरी सुन
भन्दै आफनो मायांलाई अकबरी सुनसंग उनको गितमा तुलना गरिएको छ । यो गितले सफलता पाउनेमा उनी आशाबादी रहेको बताईन । संचारकर्मि पाण्डे रेडियो रिपब्लिकमा कार्यरत रहेकी छन भने लुम्बिनी टिभी बुटवलबाट हरेक दिन प्रसारीत सप्तक डिजीटलको प्रस्तुतीमा संचालित कार्यक्रम दोभानको कार्यक्रम संंचालिका पनि रहेकी छन । यो गितसंगै रन्जु पाण्डेको सांगितीक यात्रा अगाडी बढदै गएको छ ।