कृष्ण खनाल
बुटवल । नेपाल जेसीजको ४४ औं महाधिवेसन भैरहवामा जारी छ । महाधिवेसनमा नेपालभरीका १३८ शाखाका करिब १ हजार ५ सय जना मतादाताले मतदान गर्दैछन् ।
एक पद अध्यक्षकोलागी २ जना चुनाबी मैदानमा छन् । अध्यक्षकोलागी रामग्राम जेसीजका पुर्व अध्यक्ष श्रीधर बस्याल र इटहरी जेसीजका पुर्व अध्यक्ष महेश पौडेलबीच प्रतिसपर्धा हुने भएको छ । बस्याल नेपाल जेसीजका हालका कार्यकारीणी उपाध्यक्ष हुन् भने पौडेल नेपाल जेसीजको पुर्व कार्यकारणी उपाध्यक्ष हुन् । सोमबार दिउसो देखी मतदान गर्ने भनिएता ककस (उम्मेदवारको अन्तरवार्ता) ढिलो गरि सकिएकोले मतदान पनि ढिलो भएको महाधिवेसन आयोजक संस्था जेसिआई सिद्धार्थका पुर्व अध्यक्ष देवराज न्यौपानेले जानकारी दिए ।
पुस ८ गते भैरहवाको महेन्द्रसभा गृहमा पुर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेको महाधिवेसनले नेपाल जेसीजको नयां नेतृत्व चयन गर्दैछ । महाधिवेसनमा भाग लिन देशैभरीबाट आएका करिब २५ सय युवाहरुलाई बेलहियादेखी भैरहवाको ब्रमेलीटोल सम्मका २ हजार ५ सय भन्दा बढी होटलका बेड बुक गरी आयोजकले राखेको महाधिवेसन आयोजक संस्था जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष सुमन शर्माले जानकारी दिएका छन् । नेपाल अम्बुजा सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको महाधिवेसन स्थल महेन्द्रसभागृहको बाहिर पट्टि विभिन्न व्यवसायीक प्रतिष्ठानका स्टलहरु समेत राखिएको छ ।
सन् १९७५ मा स्थापना भएको जेसीआई सिद्धार्थले आयोजना गरिरहेको महाधिवेसनले ५ नम्बर प्रदेशकै मुलद्धार भैरहवा भन्सार, सेज, विश्व पर्यटनको केन्द्र लुम्बिनी, तथा विभिन्न उद्योग व्यापारको प्रबद्र्धन गरिरहेको आयोजकले दाबी गरेका छन् । महाधिवेसनका कारण अहिले भैरहवामा चहलपहल व्यापक छ ।
महाधिवेसन अत्यन्तै उत्साहबद्र्धक र शान्तिपुर्ण रुपमा अगाडी बढेको र निर्वाचन पश्चात नयां तथा सक्षम नेतृत्व चयन गर्न भैरहवा महाधिवेसन सफल हुने महाधिवेसन निर्देशक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
अध्यक्षका प्रत्यासी भन्छन् , हाम्रो उम्मेदवारी नेतृत्व र देश विकासकोलागी
भैरहवामा जारी नेपाल जेसीजको ४४ औं महाधिवेसनबाट नयां नेतृत्व लिन लागीपरेका अध्यक्षका प्रत्यासीले युवाहरुको नेतृत्व विकास र देश विकास आफ्ना मुख्य एजेन्डा भएको बताएका छन् ।
नेपाल जेसीजको अध्यक्षकोलागी रामग्राम जेसीजका पुर्व अध्यक्ष श्रीधर बस्याल र इटहरी जेसीजका पुर्व अध्यक्ष महेश पौडेलले उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी रहेका दुबै जनासंग हामीले तपाईको उम्मेदवारी किन, तपाईलाई किन मतदान गर्ने भनी साझा प्रश्न गरेका थियौं । प्रस्तुत छ अध्यक्षका प्रत्यासीद्धयको जवाफ जस्ताको तस्तै ः
श्रीधर बस्याल
अध्यक्षका उम्मेदवार
नेपाल जेसीजको अध्यक्ष पदमा उम्मेदवारी किन भने जेसीज युवा वर्गको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था हो । हामी नेपाली समाजमा देशले चाहे जस्तो विकास र निकासकोलागी राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएको हुं ।
नेपाल जेसीजको माध्ययबाट सभ्य समाज निर्माणमा हामी जुट्ने छौं । राष्ट्रिय अध्यक्ष भइसकेपछि मुलुकमा निर्माण हुन गईरहेको स्थायी सरकारसंग सहकार्य गरेर देशमा रहेका युवाहरुलाई आर्थिक समृद्धिको बाटोबाट अगाडी बढाउन लाग्ने छौं । देशैभरका सबै जेसीजका मित्रहरु माफर्त जेसीजमा संलग्न र संलग्न नभएका सबैकोलागी समाजमा उद्यमी बन्न र स्वनिर्भर हुन हामी विशेष योजना लिदैंछौं ।
२०१८ मा मेरो थिम एस वी साइन बाइ राइजिंग रेस्सपोन्सीबिलीटि हो । हामी हरेक युवालाई चम्काउदैं , सक्षम गराउदैं अगाडी , दायीत्व बोध गराउदैं अगाडी बढ्न चाहन्छौं ।
महेश पौडेल
अध्यक्षका उम्मेदवार
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको उम्मेदवारी किन भने देशैभरी रहेका युवाहरुको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गराउनु मेरो जिम्मेवारी हो । मैले विभिन्न संघसंस्था संग सहकार्य गरेर मोबाइल एप्लीकेसन , उद्यमसिलता जस्ता कार्य गर्नेै जमर्को लिएको छु ।
नेपाल जेसीजको माध्ययबाट युवाहरुलाई अनुशासीत र उद्यमी बनाउनु मेरो लक्ष्य हो । प्रविधीको विकास गर्दै युवाहरुलाई देश विकासमा लाग्ने प्रेरणमुलक कार्य गर्नेछु ।
२०१८ मा राइज टु लिड थिम मार्फत देश भरी रहेका विभिन्न राजनितीक दल संग सहकार्य गरेर समृद्ध राष्ट्र निर्माण गर्ने महान अभियानमा जुट्ने छौं । देशलाई आर्थिक प्रगति मार्फत देश विकास गर्नकोलागी योजना बद्ध अभियानका साथ मेरो उम्मेदवारी पनि हो ।