सिन्धुलीको कमलामाई क्षेत्रमा सडक अतिक्रमण हुँदा दुर्घटनाका घटनामा वृद्धि

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा सडक अतिक्रमण हुँदा दुर्घटनाका घटनामा वृद्धि भएको छ ।
पछिल्ला तीन महिना यता यो सडकमा ३० वटाभन्दा बढी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिकाको गौमती नदी पुलदेखि हिरापानीसम्मको करिव ६ किलोमिटर क्षेत्रमा सडक अतिक्रमण बढेको हो ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर स्थानीयबासिन्दाले मोटर ग्यारेज, होटललगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन् । मुआब्जा पाएका स्थानीयले नै सडकको दायाँबायाँ १५ मिटर क्षेत्रमा अतिक्रमण गर्दासमेत सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना र कमलामाई नगरपालिकाले कुनै चासो देखाएका छैनन् ।
सडक साँघुरिएका कारणले दुर्घटना बढेका हुन् । सडकमा सवारीको चाप बढ्दै गएको तर अतिक्रमण नरोकिँदा यातायातका साधन व्यवस्थापनमा समेत समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।