अर्घाखाँचीलाई सिखरको सिरमा पुरयाउदै सौराग

यूवराज थापा 
अर्घाखाँची /(अर्घाखाँचीडट्कम) -नेपालि साङ्गितिक आकाशमा कमल सौराग भनेर चर्चा कमाउन सफल अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -८ किमडाडा गाजरी निवासी आमा पेमिकला सुनार र बाबू मित्र बहादुर सुनारको दोस्रो सन्तानको रुपमा जन्मिएका कमलको जन्म २०३९ साल फागुन १३ गते भयेको हो !
गीत र अभिनयमा सानै देखि रुचि भयेका कारण नेपाली चलचित्रमा, नायाक बन्ने सपना बोकेर काठमाडौं छिरेका कमल गायक,संगीतकार ,मोडल ,छेत्रमा अहिले नेपालकै ब्यस्त संगीत संयोजक मधेका एक कुशल संगीत संयोजकको रुपमा प्रख्यात छ्न !
सौरागले नेपाली लोकसङ्गितमा आफ्नो साङ्गितिक यात्रा २०६९ सालमा घुम्टी नरपानी नामक गिति एल्बम बाट उदाएका कमल सौराग ,दैला मुनि जौ भन्देउ नि निस्ठुरी तिमी कहाँ छेउ ,गीति एल्बम बजारमा ल्याएपछि एकाक चर्चित बनेका थिए जुन गितहरु अहिले पनि दर्शक श्रोता माझ उत्तिकै लोक पृय:छ्न एक्लो भयो वर,भिजायो पछौरी,तिमी कस्तो भयौ हौला ,बाइखोलाको किनार,फुल चोरेर लानेलाइ ,जिउदोको जन्ती मर्दाको मलामी ,मरेर जाने येस दुनियाँमा खै ओ पो ब्युजाछर,आफू त सानै उमेरमा लाहुर जस्ता दर्जनौं लोकप्रिय गितहरु नेपाली दर्शक श्रोतालाइ पस्की सकेका सौराग नेपाली लोकसङ्गितको बिकास समृद्धिको खातिर निरन्तर सादानरत छ्न !
, दुइहजार भन्दा बढी लोक आधुनिक चलचित्रका गितहरुमा सुन्दर सङ्गीत संयोजक गरि सकेका सौराग रेडियो नेपाल द्वारा आयोजित अधिराज्री ब्यापी लोकगित सम्मेलन २०६० मा द्वितीय ,बिन्दवासिनी अवार्ड २०७३ लोकदोहरि अवार्ड २०७३ ,तिजगित २०७४ आदि पुरस्कार र अवार्ड बाट सम्मानित भयी सकेका छ्न !
आज येस्ता बहुमुखी प्रतिभाका धनी सौरागलाइ हामिहरुले गायक ,नायक ,एरेन्जेर संगीतकार कमल सौराग भनेर चिन्ने गर्छौ ! येहि मिति २०७४ साल पुस १५ गते सनिवारको दिन बिन्दवासिनी फाउन्डेसन प्रा.लि बाट” सङ्गै बाच्ने कसम तोडेयौ “नामक आधुनिक गीति एल्बम बाट येस बर्षकै सर्वोउत्कृस्ट (best arrenger )को अवार्ड बाट सम्मानित भयेका छ्न ! अर्घाखाँचीको गाजरि स्तित गरिव परिवारमा हुर्केका कमल सौराग अहिले आफ्नो जिल्लाकै नाम सिखरको शिरमा पुराउन सफल भयेका छ्न , सौरागले गत महिना कात्तिक १३ गतेका दिन सन्धिखर्कको सभा गृह हलमा एतिहासिक कमल सौराग एकल साझ गरेका थिए ,!
उक्त एतिहासिक कमल सौराग एकल साझमा बोल्दै उनी अहिले नेपाली लोकसङ्गितमा चर्चामा आउनुको कारण नै जिल्लावासिहरुको अत्यधिक माया ममताले गर्दा नै हो भनेर मन्तव्य ब्यक्त गरेका थिए !
 सौरागले मन्तव्यमा बोल्दै नेपालको साङ्गितिक इतिहासमा पाना पल्टाएर हेर्ने हो भने अर्घाखाँची जिल्ला कलकारिता छेत्रमा धेरै नै कम रहेको जिल्ला हो भन्दै अर्घाखाँचीमा हामी कलकारहरु कम छौं कम भये पनि अत्यन्तै क्षमतावान छौ भन्दै जिल्लाका केही कलाकारहरुलाइ श्रेय दिदै ,सम्झना लामिछने ,जीवन परियार ,जलजला परियार , लगायत सम्पुर्ण कलाकार हरुलाइ बचाउनु भनेको अर्घाखाँची जिल्लाको रितिरिवजज ,परम्परा कलासस्कृतिलाइ बचाउनु हो र हामि जिल्लाका कलाकार हरुको प्रमुख उदेश्य भनेको अर्घाखाँची जिल्लालाई देश बिदेशमा चिनाउनु हो हामिहरु त्यो प्रयात्न गरि राखेका छौ भनेर मन्तव्य राखेका थिए !
उनले कमल सौराग एकल साझ बाटै आफू लगायत जिल्लाका कलाकारहरु को सहकार्यमा फाउन्डेसनको नाम पुर्व उपप्रधानमन्त्री तथा उर्जा मन्त्री टोपबहादुर रायमाझी द्वारा सार्वजनिक गरेका थिए !
 सौराग आज अर्घाखाँची जिल्लाको नाम देश बिदेशमा चिनाउन सफल भयेका छ्न साथमा आज पुष १५ गते सनिवारको दिन बिन्दवासिनी फाउन्डेसन २०७४ अवार्ड बाट सम्मानित भयेका छन !