काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत् १२ जना विदेशी डाक्टर र पाँचजना अस्पताल सन्चालकहरु पक्राउ

काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत् १२ जना विदेशी डाक्टर र पाँचजना अस्पताल सन्चालकहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चसँग मिलेर उनीहरुलाई पक्राउ गरेको हो ।
ठमेलस्थित एपोलो अस्पताल, बौद्धस्थित चाइना ग्रेटवाल अस्पताललगायतका पाँचओटा निजी अस्पतालमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।
मेडिकल काउन्सिलको स्वीकृति नलिइ काम गर्ने/गराउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।