राष्ट्रियसभा सदस्य निर्वाचन सकिएलगत्तै मतगणना प्रारम्भ, बिहीबार सम्ममा सबै परिणाम घोषणा

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले राष्ट्रियसभा सदस्य निर्वाचन सकिएलगत्तै बुधबारै मतगणना प्रारम्भ गरी बिहीबार (भोलि)सम्ममा सबै परिणाम घोषणा गरिसकिने बताएका छन् ।
प्रदेश नम्बर–३ को मतदानस्थलमा पुगेका आयुक्त पौडेलले हामीसँग कुरा गर्दै केही प्रदेशको बुधबारै साँझ र बाँकीको बिहीबारसम्ममा परिणाम आउने बताए ।
राष्ट्रियसभाको परिणाम आउनेबित्तिकै प्रतिनिधिसभामा समानुपातिकतर्फको नामहरु तीन दिनभित्र आयोगमा पठाउन बिहीबार नै पत्राचार गरिने उनले बताए ।
उनले आयोगले ढिलोमा फागुन ५ गतेभित्र अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी भइरहेको जानकारी पनि दिए ।
आयोगले अन्तिम मतपरिणामको प्रतिवेदन बुझाएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । इमेजखबरमा समाचार छ ।