आर्यन साउद र उर्मिला श्रेष्ठको “डाडै चैतारी” लोकगीत बजारमा (भिडियो सहित)
माघ २८ गते, २०७४ मा प्रकाशित
दिपक भुसाल
काठमाडौं (अर्घाखाँची डटकम् ) । नेपाली गीत सँगीतमा अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा आर्यन साउद र उर्मिला श्रेष्ठ को प्रस्तुतिमा गायिका बिमला पुन मगर र गायक सुर्य बहादुर मगर आवाजमा मौलिक लोक कोशेली ”डाडै चैतारी “ युटुव मार्फत बजारमा आएको छ ।
गितको भिडियोमा युवा युवतिहरु विचको माया को चर्चा परिचर्चा गरेको छ ।बच्चा बेलामा लाएको पिरती सगै खेलेको सगै मेला पात घाँस दाउरा गरेको कथा मा उतारिएको छ । विछोडको बेलामा आफनी मायालुलाई आफुबाट टाडा नजानको लागी गित मार्फत खोजिएको छ ।
आर्यन साउद र उर्मिला श्रेष्ठ को शब्द, बिरेन्द्र पुन संगित, बासु न्यौपानेको रहेको छ भने ” डाडै चौतारी “ को भिडियोलाई मनिश कर्किले सम्पादन गरेका छन । गितको भिडियोमा चर्चित लोक गायक प्रेम घिमिरे र प्रमिसा ठकुरी को अभिनय रहेको छ । ” डाडै चैतारी “को भिडियोलाई अशोक विकले निर्देशन गरेका हुन ।