प्रदेश नम्बर-४ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।
४ नम्बर प्रदेशका प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
गुरुङ आइतबार एमाले ४ नम्बर संसदीय दलको नेतामा सर्वसम्मतरुपमा चयन भएका थिए । उनको शपथग्रहण आगामी फागुन २ गते हुने भएको छ ।
गुरुङलाई माओवादी केन्द्रको पनि समर्थन रहेको छ । लमजुङबाट प्रदेशसभामा निर्वाचित गुरुङ नेकपा एमालेका सचिवसमेत हुन् ।
मुख्यमन्त्रीकोरुपमा नियुक्त भएपछि पत्रकारसँग कुरा गर्दै गुरुङले पहिलो काम प्रदेशको कानुन निमाण गर्ने र आर्थिक समृद्धितर्फ लाग्ने बताए । इमेजखबरमा समाचार छ ।