एमाले ओली र माओवादी केन्द्रका दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दाबी गरेका छन् ।
सोमबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले ओली र दाहालबीच सोमबारै (आज) बिहान भएको छलफलमासमेत आलोपालो सरकार चलाउन सकिने सहमति भएको बताए ।
सरकारले राष्ट्रियसभाको उद्देश्यविपरीत तीनजनाको नाम सिफारिस गरेको आरोप पनि रावलले लगाए ।
निर्वाचन आयोगले सबै मतपरिणाम सार्वजनिक गरेको एक हप्ताभित्र वाम गठबन्धनले संयुक्तरुपमा सरकार बनाउने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।