अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको अर्घामा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेका छन्।
गए राती विप्लव कार्यकर्ताहरुले अर्घा मन्दिरमा रहेको टावरमा पेट्रोल हालेर आगजनी गरेका हुन् । आगजनीका कारण तल रहेको टावर बक्स, अप्टिकल केबल लगायतका सामग्रीमा क्षति पुगेको बताइएको छ।
नेपाल कम्युनिष्ट पार्टीका एक जना जिल्ला सदस्यले अर्घाखाँचीडट्कमलाई बताए अनुसार जनयुद्धको पूर्वसन्ध्याको अवसर पारी एनसेल टावरमा आगजनी गरिएको जानकारी दिए। एनसेलले राज्यलाई कर नबुझाएको भन्दै देशव्यापी रुपमा हमला गर्ने नीतिअनुरुप नै सोमबार राती अर्घामा पनि आगजनी गरेको उनले नाम प्रकासित नगर्ने सर्तमा डट्कमलाई बताए ।
उता मध्यरातमा ‘अज्ञात समूह’ले टावरमा आगजनी गरेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले बताएका छ ।